परिचय

शिक्षा मन्त्रालय अन्तर्गत विभागस्तरीय कार्यालयको रूपमा रहेको यस विद्यालय शिक्षक कितावखाना सामुदायिक विद्यालयका शिक्षकहरुको व्यक्तिगत विवरण राख्ने केन्द्रीय निकाय हो । यसले नीति निर्माताहरुलाई शिक्षक सम्बन्धी आवश्यक विवरण एवम् तथ्याङ्क उपलब्ध गराउनुका साथै सेवाबाट अलग भएका शिक्षकहरुलाई निवृत्तीभरण, उपदान, पारिवारीक निवृत्तीभरण पारिवारीक वृत्ती, शैक्षिक भत्ता तथा सन्तती वृत्ती, विरामी विदा (अस्थायी अवधिको समेत) को रकम जस्ता सुविधाहरु प्रदान गर्ने कार्यमा प्रमुख भूमिका निर्वाह गर्दछ । विद्यालय शिक्षक कितावखानाले शिक्षकहरुको अभिलेख व्यवस्थापन लगायत जिल्ला शिक्षा कार्यालयको सिफारीश सहित सेवा निवृत्त वा सेवारत स्थायी शिक्षकहरुलाई शिक्षा नियमावली, २०५९ (संशोधन सहित) उपलब्ध गराउनुपर्ने सेवा सुविधाहरु निरन्तर रुपमा आधुनिक प्रविधिको माध्यमबाट समेत छिटो, छरितो एवम् चुस्त, दुरुस्त रुपमा प्रदान गर्न सदैव प्रयासरत रहेको छ ।